असार ३२, २०८३ बिहिबार July 16, 2026

सातै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न मन्त्री मेहताको निर्देशन

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको भर्चुअल बैठक, सेवा सुधारमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार सेवा र मानसिक स्वास्थ्य सेवाको अवस्था सुधार गर्ने विषयमा छलफल भएको छ।

बैठकमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालन भइरहेको जलन उपचार सेवाको वर्तमान अवस्था, उपलब्ध स्रोत-साधन, विद्यमान चुनौती तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए।

जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्वास्थ्यकर्मीको क्षमता विकास, पूर्वाधार, उपकरण, औषधि तथा अन्य आवश्यक सामग्रीको प्रदेशगत विवरण संकलन गरी सोही आधारमा सुधारका कार्यक्रम अघि बढाउने सहमति भएको छ।

बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित र सेवामुखी बनाउने निर्णयसमेत गरेको छ। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवाको उपलब्धता, उपयोगिता र पहुँचबारे प्रभावकारी जानकारी गराउने तथा आवश्यक परामर्श सहज रूपमा उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

मन्त्री मेहताले जलन उपचार र मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धिलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै सबै प्रदेशमा सेवा सुदृढीकरणका लागि सम्बन्धित निकायबीच समन्वय बढाएर कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिएकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
२०८३ असार ३२, बिहिबार
त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने
२०८३ असार ३२, बिहिबार
सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
२०८३ असार ३२, बिहिबार
प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
२०८३ असार ३२, बिहिबार
वर्षा हुन थालेपछि रोपाइँ तीव्र
२०८३ असार ३२, बिहिबार