श्रावण १, २०८३ शुक्रबार July 17, 2026

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १ साउनः बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।

प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार प्रदेश सरकारले भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली अस्पताल, बकुलहर रत्ननगर अस्पताल तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २२ वटा डायलासिस मेसिन थप गरी सेवा विस्तार गरेको छ ।

प्रदेश सरकारले क्यान्सर रोगको उपचारमा थप रु ५० हजारसम्म सहुलियत उपलब्ध गराउने प्रतिबद्धताअनुसार प्रदेशभित्रका १८ अस्पतालसँग सम्झौता गरी उपचार सहुलियत प्रदान गरिरहेको उहाँले बताउनुभयो । साथै, हृदयाघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रम पनि निरन्तर सञ्चालनमा रहेको छ ।

भक्तपुर अस्पतालमा ‘स्ट्रोक म्यानेजमेन्ट’सहित स्नायुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

यसैबीच, सिन्धुपाल्चोकको चौतारा अस्पताल र मकवानपुरको हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग सेवा सञ्चालनमा ल्याइएको छ भने भक्तपुर अस्पतालबाट ‘अल्जाइमर’सम्बन्धी सेवा पनि प्रदान गर्न थालिएको छ ।

प्रदेशका १३ वटै जिल्लाका दुर्गम क्षेत्रमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान सञ्चालन गर्नुका साथै विशेषज्ञ स्वास्थ्य शिविरमार्फत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत विशेषज्ञ आयुर्वेद सेवा पनि उपलब्ध गराइएको छ । रासस

“प्रदेशमा स्वास्थ्य उपचार सेवाको प्रभावकारिता अभिवृद्धिका लागि थुप्रै काम भएका छन्,” मन्त्री थापा मगरले भन्नुभयो, “प्रदेश मातहतका अस्पतालमा विभिन्न विशिष्टीकृत सेवा विस्तार गरिनुका साथै समुदायस्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा सरकार अघि बढिरहेको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ
२०८३ श्रावण १, शुक्रबार
नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु
२०८३ श्रावण १, शुक्रबार
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
२०८३ श्रावण १, शुक्रबार
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो
२०८३ श्रावण १, शुक्रबार
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
२०८३ श्रावण १, शुक्रबार
प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
२०८३ श्रावण १, शुक्रबार
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी
२०८३ श्रावण १, शुक्रबार