काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ। शनिबार बिहान सम्पन्न तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगिताको कांस्य पदक जितेको हो।
मियामी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै आक्रामक प्रदर्शन गर्दै ठूलो अग्रता बनाएको थियो। दोस्रो हाफमा फ्रान्सले किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले खेलमा फर्कने प्रयास गरे पनि इंग्ल्यान्डले आफ्नो अग्रता जोगाउँदै ऐतिहासिक जित हात पार्न सफल भयो।
सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको इंग्ल्यान्ड र स्पेनसँग पराजित भएको फ्रान्स तेस्रो स्थानका लागि भिडेका थिए। यस जितसँगै इंग्ल्यान्डले विश्वकप २०२६ को यात्रा सुखद अन्त्य गरेको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।
अब फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच फाइनल प्रतिस्पर्धा हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया