श्रावण ५, २०८३ मंगलबार July 21, 2026

आईसीसी क्रिकेट विश्वकप लिग-२ : पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल मंगलबार नामिबियासँग खेल्दैछ ।

त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियाको सामना गर्न लागेको हो ।

नेदरल्यान्ड्समा आयोजना भइरहेको यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ ।

नेपालले मंगलबार नामिबियासँग पहिलो खेल सुरु गर्दै जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल खेल्ने छ ।

लिग–२ शृङ्खला अघि नेपाली टोलीले बेलायतमा विशेष तयारी गरेको थियो । त्यस क्रममा जर्सीविरुद्ध खेलिएका दुवै अभ्यास खेलमा जित हात पारेकाले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा ओर्लनेछ ।

हालसम्म लिग–२ मा २८ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । अर्कोतर्फ २२ अंकसहित नामिबिया सातौँ र ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार