श्रावण ६, २०८३ बुधबार July 22, 2026

सुनचाँदीको मूल्य आजपनि बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको छ ।

हिजो प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३७० निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया