श्रावण १०, २०८३ आइतबार July 26, 2026

देशभरका दुई हजार एम्बुलेन्स थन्किए

स्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण हुन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १० साउनः नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन् । यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उहाँले जानकारी दिनुभयो ।

देशभरमा छ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्याङ्क छ । तीमध्ये स्वास्थ्य सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैरसरकारी संस्था र निजी क्षेत्रले सञ्चलान गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन् ।

ऐन आएदेखिनै निरन्तर रुपमा संशोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । तत्कालीन स्वास्थ्यमन्त्री डा सुधा शर्मालाई उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउनुहुन्छ । नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरु रहेको उहाँको भनाइ छ ।

ऐन संसोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरीकले सहज रुपमा सेवा पाउन कठिन हुने उहाँले बताउनुभयो । अध्यक्ष लामिछानेले भन्नुभयो, “मानवतासँग प्रत्यक्ष जोडिएकाले यस विषयलाई नयाँ सरकारले गम्भीरताका साथ हेर्नुपर्छ ।” यसबाट चालकको रोजगारी समेत गुमेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार