श्रावण ११, २०८३ सोमबार July 27, 2026

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

नेता बस्नेतको शव अहिले श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, ११ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उहाँको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो ।

असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित हुनुहुन्थ्यो । दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको आचार्यले बताउनुभयो ।

नेता बस्नेतको शव अहिले श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्यष्टि गरिने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया