काठमाडौंः “राजसंस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” सहितको विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत एवं “राष्ट्रिय नागरिक आन्दोलन” को तयारीमा जुटेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफनो संगठनलाई दुर्तगतिमा विस्तार गर्दै लगेको छ ।
आज सोमबार मोर्चाका राष्ट्रिय अध्यक्ष एवं मोर्चा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउअभियानका राष्ट्रिय संयोजक डा मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै सिरहा जिल्लाको विभिन्न गाउँपालिका, नगरपालिका, वाडहरुको जिम्मेवारी तोकिएको बताएका छन् ।
जारी प्रेस वक्तव्यमा भनिएको छ,महान उद्देश्यपुर्ती एवं “राष्ट्रिय नागरिक आन्दोलनको” तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ-गाउँ टोल-टोलमा जनतान्त्रिक, आत्म-समिक्षाको साथ भुल-सुधारका लागि घर-घरमा जनतान्त्रिक” लाई सफल पार्न र जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा मोर्चालाई व्यापक जन-समर्थन प्राप्त भईरहेको प्रती हामी आभारी छौं, जन-समर्थन र आम-जागरुकतालाई सूक्ष्म विश्लेषण गर्दा लाग्दैछ कि अब त्यो दिन टाढा छैन, निकट भविष्य मै हामी हाम्रो लक्ष्य प्राप्त गर्ने छौँ ।
उपरोक्त महान उद्देश्य एवं लक्ष्यमा हातेमालो गर्दै “मुक्ति पथमा” पूर्ण निष्ठा एवं ईमानदारीका साथ निरन्तर अगाडि बढ्ने वचनवद्धता गर्दै मोर्चाको नीति, नियम-निर्देशन, विधान अनुसार सक्रिय राजनीतिमा आफनो अमुल्य जीवन समर्पित गर्ने बचनवद्धता व्यक्त गर्दै हिजो मिति २०७७/०६/२५ गते आइतबारका दिन सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नं. ५ मा अवस्थित श्री चन्द्र शेखर साह ज्युको निजि-निवासमा व्यापक जनसहभागिताका बीच जनतान्त्रिक तराई मुक्ति मोर्चाको सिरहा जिल्लाको विभिन्न गाउँपालिका, नगरपालिका र वाडहरुको जिम्मेवारी तपसिलका महानुभावहरुलाई सर्वसहमतिले दिईएको सबैमा जानकारी गराउनु पाउँदा गौरवान्वित महसुस गरेको छु ।
नव-जिम्मेवारी दिईएका ब्यक्ति एवं जिम्मेवारीहरु यस प्रकार रहेका छन् :-
१) चन्द्र शेखर साह (डब्लु साह) :- जिल्ला जनपरिचालन समिति सदस्य
२) सतिश प्रसाद साह :- मिर्चैया न.पा-७ फुलबरिया गाउँ प्रभारी/ईन्चार्ज
३) सत्येन्द्र प्रसाद साह :- मिर्चैया न.पा. ७ लिखटोल गाउँ प्रभारी/ईन्चार्ज
४) उमेश प्रसाद साह :- कल्यानपुर नपा. प्रसाही गाउँ तथा मिर्चैया नपा. वडा नं ५ प्रभारी /ईन्चार्ज
५) जग्दिश प्रसाद साह लहान नपा. १९ छरापट्टी गाउँ प्रभारी/ईन्चार्ज
६) ब्रहमदेव यादब :- मिर्चैया नपा. ७ लिखटोल गाउँ संगठन प्रभारी/ईन्चार्ज
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया