भाद्र ११, २०८३ बिहिबार August 27, 2026

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने नवनियुक्त अध्यक्षको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शपथ ग्रहण कार्यक्रममा मन्त्रालयका अधिकारी तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले बीमित नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण, सेवा प्रवाहमा सुधार तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताउनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया