असोज ९, २०८३ शुक्रबार September 25, 2026

आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

जितसँगै ३१ खेलमा ३८ अंक बटुलेको नेदरल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।

नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई  ५७ रनले पराजित गर्दै जित  हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो ।

नेपालका लागि  आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक  अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो ।

नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको  नेदरल्यान्डले निर्धारित  ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको  थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्त्वपूर्ण योगदान दिए ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग–२ मा महत्त्वपूर्ण अंक गुमाए ।  विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो । यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो ।

यस जितसँगै  ३१ खेलमा ३८ अंक बटुलेको नेदरल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै, ३२ खेलमा  २४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । ४३ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार