मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२०आई अलराउन्डर वरियतामा सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन्।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियता अनुसार दीपेन्द्र चौथो स्थानबाट एक स्थान माथि उक्लिएका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम रहेको छ।

पछिल्लो समय नेपाली पुरुष क्रिकेट टोलीले टी-२०आई खेल नखेले पनि वरियतामा अन्य खेलाडीको स्थान परिवर्तन हुँदा दीपेन्द्रलाई फाइदा पुगेको हो। यसअघि उनीभन्दा माथि रहेका भारतका हार्दिक पाण्ड्याको वरियता घटेपछि दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन्। हार्दिकले पनि पछिल्लो अवधिमा टी-२०आई खेल खेलेका छैनन्।

टी-२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा कायम छन्। उनको रेटिङ ३२० रहेको छ। दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब रहेका छन्।

यसैगरी, वेस्ट इन्डिजका रस्टन चेज सुधार गर्दै चौथो स्थानमा पुगेका छन् भने हार्दिक पाण्ड्या पाँचौँ स्थानमा झरेका छन्।

दीपेन्द्रसिंह ऐरीको निरन्तर उच्च प्रदर्शनले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको अलराउन्डर वरियतामा नेपालको उपस्थिति बलियो बनाउँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार