असोज ३, २०८३ शनिबार September 19, 2026

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ साउन । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत साउन १५ गते बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्ने प्रक्रिया अघि बढाएको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यस प्रक्रियामा सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म, ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले बोलकबोल ब्याजदरका आधारमा हुने जनाएको छ। आवश्यकताअनुसार एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल गर्न पनि सक्ने व्यवस्था छ।

यसपटकको निक्षेप संकलन उपकरणको अवधि ६१ दिन रहनेछ। संकलित निक्षेपको साँवा र ब्याज आगामी असोज १४ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्ला महिनामा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्दा बैंकिङ प्रणालीमा नगद मौज्दात अत्यधिक बढेको छ। यही अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट रकम तानिरहेको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमै आफ्नो अतिरिक्त रकम केन्द्रीय बैंकमा राख्न बाध्य छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार