टीकापुर, कैलाली । कैलालीको टीकापुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा सोही दिशातर्फ गइरहेको पिकअप भ्यान पछाडिबाट ठोक्किँदा पिकअपका सहचालक अन्दाजी २३ वर्षीय सल्यान निवासी सञ्जीव ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य व्यक्तिहरू भने सामान्य घाइते भएका छन्।
दुर्घटनामा संलग्न भे.१ क ५०१ नम्बरको ट्रक, लुम्बिनी प्रदेश ०२-००१ च ०५४० नम्बरको पिकअप भ्यान तथा दुवै सवारीका चालक इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार दुर्घटना आज बिहान करिब ५:३० बजे भएको हो। मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया