श्रावण २१, २०८३ बिहिबार August 6, 2026

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

सम्झौताअनुसार आगामी सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), २१ साउनः कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।

कमल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको पहलमा आम्दा मेची अस्पतालसँगको सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार आम्दा अस्पतालका रेडियोलोजिष्ट डा देवकृष्ण यादवले नगर अस्पतालमा हप्ताको दुई दिन सेवा दिनेछन् ।

उक्त सम्झौताअनुसार आगामी सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु हुनेछ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार सेवा विस्तारसँगै स्थानीय गर्भवती तथा अन्य बिरामीले सामान्य परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ ।

कमल नगर अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको छ । अस्पताल प्रमुख कुशल श्रेष्ठका अनुसार यसअघि दमक अस्पताल एण्ड रिसर्च सेन्टरको सहकार्यमा दन्त सेवा, मेची आँखा अस्पतालमार्फत दैनिक आँखा सेवा तथा विराट टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याइसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार