श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

डिस्ट्रिक्ट ३२५ के, नेपालको क्याबिनेट बैठकको सम्पूर्ण तयारी पूरा, १२०० भन्दा बढी लायन्स सदस्यको सहभागिता हुने

नयाँ क्लब विस्तारमा विश्व नम्बर–१ डिस्ट्रिक्ट ३२५ के को क्याबिनेट बैठकका सबै तयारी पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन २२ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के, नेपालद्वारा लायन वर्ष २०२६/२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक आयोजना गर्ने सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौंस्थित नेपाल पुलिस क्लब (महेन्द्र पुलिस क्लब) मा हुने उक्त कार्यक्रममा हालसम्म करिब १,२०० जना लायन्स सदस्यले रजिस्ट्रेसन गरिसकेको डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर मुना थापाले जानकारी दिइन्।

उनका अनुसार कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित बनाउन हलको क्षमता तथा व्यवस्थापनलाई ध्यानमा राख्दै मंगलबार रातिदेखि रजिस्ट्रेसन प्रक्रिया बन्द गरिएको छ। दर्ताबाट छुटेका क्याबिनेट अफिसरहरूलाई आवश्यक समन्वयका लागि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के, नेपालले लायन वर्ष २०२६/२०२७ मा उत्कृष्ट संगठनात्मक उपलब्धि हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गरेको छ।

डिस्ट्रिक्टले यस वर्ष ३१ वटा नयाँ लायन्स क्लब स्थापना गर्ने प्रतिबद्धतासहित यात्रा सुरु गरेको थियो। हालसम्म थप ११ वटा नयाँ क्लब स्थापना भएसँगै नयाँ क्लबको संख्या ४२ पुगेको छ। तीमध्ये ३३ वटा क्लबको चार्टर प्राप्त भइसकेको छ भने ९ वटा नयाँ क्लबको स्वीकृतिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी लायन्स इन्टरनेसनलमा पठाइसकिएको डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिसीले जानकारी दिए। उनका अनुसार ती क्लबहरूले एक–दुई दिनभित्रै औपचारिक स्वीकृति प्राप्त गर्ने अपेक्षा गरिएको छ।

डिस्ट्रिक्टले सदस्यता विस्तार, सेवा गतिविधि, नेतृत्व विकास तथा संगठन सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। LCIF (Lions Clubs International Foundation) मा हालसम्म ४७ हजार अमेरिकी डलरभन्दा बढी योगदान संकलन भइसकेको छ, जसलाई डिस्ट्रिक्टको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसअघि लायन्स क्लब्स इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) विष्णु बजोरियाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार डिस्ट्रिक्ट ३२५ के, नेपाल क्लब विस्तारमा विश्वकै नम्बर–१ तथा नेट सदस्यता वृद्धिमा विश्वकै नम्बर–१ स्थानमा रहेको भन्दै डिस्ट्रिक्टको नेतृत्वलाई बधाइ दिएका थिए।

त्यसैगरी, लायन्स क्लब्स इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको होम डिस्ट्रिक्टका रूपमा रहेको डिस्ट्रिक्ट ३२५ के पछिल्लो तथ्याङ्कअनुसार नेपालका १५ वटा लायन्स डिस्ट्रिक्टमध्ये सबैभन्दा अग्रस्थानमा रहेको जनाइएको छ। क्लब विस्तार, सदस्यता वृद्धि, सेवा गतिविधि र संगठनात्मक सक्रियताका आधारमा डिस्ट्रिक्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा उल्लेखनीय सफलता हासिल गरेको लायन्स नेतृत्वले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार थापा र गंगालाल हृदय केन्द्रका निर्देशक अमात्यले लिए शपथ
२०८३ श्रावण २२, शुक्रबार
ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला
२०८३ श्रावण २२, शुक्रबार
खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने
२०८३ श्रावण २२, शुक्रबार
राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार
२०८३ श्रावण २२, शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण २२, शुक्रबार
टिक्दैन नियन्त्रित लोकतन्त्र : चरण प्रसाई
२०८३ श्रावण २२, शुक्रबार
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
२०८३ श्रावण २२, शुक्रबार