श्रावण २४, २०८३ आइतबार August 9, 2026

बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि

सरकारी हस्तक्षेपको कारण इतिहासमै पहिलो पटक एन्फा अन्तर्राष्ट्रय निलम्बनमा परेको एन्फाका बारेमा पनि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २४ साउन। आगामी बिहिवार  राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बस्ने भएको छ ।

आसन्न २०औं एसियाली खेलकुदमा सहभागिता, १०औं राष्ट्रिय खेलकुदको आयोजना, कर्मचारी भर्ति तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादमाथि छलफल गर्नका लागि बोर्ड बैठक बोलाइएको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले यही साउन २८ गते बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बस्ने गरि १२५औं बोर्ड बैठक बोलाएको जानकारी दिएका छन ।

राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिए पनि छलफल एसियाली खेलकुद, राष्ट्रिय खेलुकद, कर्मचारी भर्ति र एन्फाको विवादमाथि केन्द्रित हुने जनाइएको छ  ।

सदस्यसचिव मेहताले बोर्ड सदस्यहरुलाई बैठकमा उपस्थित हुन पठाएको पत्र अनुसार पहिलो एजेन्डामा यही सेप्टेम्बर १९ (असोज ३० देखि अक्टोबर ४) असोज १८० सम्म जापानको नागोयामा हुने २०औं एसियाली खेलकुद राखिएको छ ।

एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागिता जनाउने खेल, खेलाडी, प्रशिक्षक र अफिसियलहरुको संख्या तथा नाम अनुमोदन गर्ने, एसियाली खेलकुदको सञ्चालन तथा व्यवस्थापन निर्देशिका पास गर्ने, तयारी तथा सहभागिताको विषयमा बजेट र मान्यता तय गर्ने विषयमा छलफल हुने एजेन्डामा उल्लेख छ ।

राखेपले यसअघि नै एसियाली खेलकुदमा पहिलो पटक दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित २२ खेलमा १३६ खेलाडी र ३२ प्रशिक्षकसहित १६८ जनालाई सहभागी गराउने निर्णय गरिसकेको छ ।

यसैगरी दुई वर्षअघि नै सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशमा गरिनुपर्ने १० औं वृहत राष्ट्यि खेलकुद महोत्सव आयोजनाको विषय एजेन्डाको दोस्रो बूँदामा छ । २०७९ सालमा पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नवौं वृहत राष्ट्रिय खेलकुद आयोजना गरिएको थियो । त्यही प्रतियोगिताको समापन समारोहमा १०औं संस्करण २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा गरिएको थियो । तर, पटकपटक मिति सारे पनि १०औं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन् ।

बैठकमा १०औं वृहत राष्ट्रिय खेलकुदमा समावेश गरिने खेल, आयोजनाको मिति, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र प्रतियोगिताको बजेट तथा मान्यता सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, राखेपको चालु आर्थिक वर्षको बजेट, राखेपको आन्तरिक अनुमानित आयव्यय, ग्रासरुट कार्यक्रम सञ्चालन, खेल संघहरुलाई दिइने अनुदान लगायतका विषयमा बोर्ड बैठकमा छलफल गरिने अर्को एजेन्डामा उल्लेख छ ।

एजेन्डाको ५ र ६ नम्बरमा कर्मचारी नियुक्तिका विषय राखिएको छन् । जसअनुसार उपसचिवसरहको सुविधा हुने गरि १ जना सिभिल इन्जिनियर, सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, स्ट्रक्चरल इन्जिनियर ४ जना, अधिकृत तृतीय श्रेणीको सुविधा हुने गरि २ जना आइटी विज्ञ र कानूनी सल्लाहकारको सेवा करारमा लिने विषयमा बोर्डले निर्णय गर्नेछ ।

साथै, सरकारी हस्तक्षेपको कारण इतिहासमै पहिलो पटक एन्फा अन्तर्राष्ट्रय निलम्बनमा परेको एन्फाका बारेमा पनि छलफल हुने बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार