श्रावण २५, २०८३ सोमबार August 10, 2026

एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक

महासचिव थापा दोस्रोपटक प्रतियोगतामा अम्पायरका रूपमा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ साउनः नेपालका शेखर थापाले ११औँ एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कास्य जितेका छन् । मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ‘ब्ल्याक वेल्ट थर्ड डान प्याटर्न’ मा कास्यपदक जितेका हुन् ।

नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटीएफ) का महासचिव घमबहादुर थापाले शेखरसँगै मङ्गोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भएका जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाका चीन लुङ काङले स्वर्ण र फिलिपिन्सका अमाइज क्रिस्टर लुले रजत पदक जितेका छन् ।

शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० किलोतौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा उनले पदक जितेनन् । शेखर दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन् । उनले पहिलो संस्करणको ‘प्याटर्न’ र दोस्रो संस्करणको ‘स्पाइरिङ’ मा रजत जितेका थिए । उनले तेस्रो इन्डो–नेपाल आइटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए । तेस्रो जनरल चोइ स्मृति राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए ।

महासचिव थापासहित उक्त प्रतियोगितामा आइटीएफका अध्यक्ष प्रवीणकुमार कार्कीले अम्पायरको भूमिका निर्वाह गरेका थिए । दोस्रोपटक एसियाली आइटीएफ तेक्वान्दो प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेका अध्यक्ष कार्कीले आइएमजिसी विश्व च्याम्पियनसिप र दक्षिण एसियाली आइटीएफ तेक्वान्दामा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै महासचिव थापा दोस्रोपटक प्रतियोगतामा अम्पायरका रूपमा सहभागी भएका हुन् । थापाले सन् २०१९ र २०२५ मा आइटीएफ विश्व च्याम्पियनसिप तथा आइटीएफ वल्र्ड कपमा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए । थापा दक्षिण एसियाली आइटीएफ तेक्वान्दामा पनि अम्पायरको जिम्मेवारीमा थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार