मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन

नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन गरेको छ । एसीसीले यसअघि सार्वजनिक गरेको तालिकामा केही फेरबदल गरेको हो ।

एसिया कपको छनोटको रुपमा रहेको यस प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ ।

अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ । नेपालले अगस्ट  ३१ तारिख बहराइनसँग पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसिया, तेस्रो खेल सेप्टरम्बर ६ मा साउदी अरेबिया र चौथो खेल सेप्टेम्बर ८ तारिख हङकङसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस अघि प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउने भनिएपनि एसीसीले अब शीर्ष टोलीले मात्र एसिया कप खेल्न पाउने जनाएको छ ।

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललिथ राजवंशी, करण केसी र हेमन्त धामी हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार