मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा, आकस्मिक सेवा, शल्यक्रिया तथा विभिन्न विशिष्टीकृत उपचार सेवा सञ्चालन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। बिहीबार उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरिएको हो।

त्यस्तै, वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता बीसी नियुक्त भएका छन्। अस्पतालको प्रशासनिक तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उनीहरूलाई जिम्मेवारी दिइएको बताइएको छ।

नवनियुक्त निर्देशक डा. नेपालले वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, बिरामीले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने तथा अस्पतालका प्रशासनिक र व्यवस्थापकीय समस्या समाधानमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।

देशकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको वीर अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा, आकस्मिक सेवा, शल्यक्रिया तथा विभिन्न विशिष्टीकृत उपचार सेवा सञ्चालन हुँदै आएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया