काठमाडौँ । सरकारले आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा सिद्धार्थकुमार ठाकुरलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष नवनियुक्त अध्यक्ष ठाकुरले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहणसँगै उहाँले परिषद्को नेतृत्व सम्हाल्नुभएको छ ।
प्रतिक्रिया