श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

अधिकांश डेङ्गी सङ्क्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकाका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २८ साउनः यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेङ्गी सङ्क्रिमत नभेटिएका केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले बताउनुभयो । अङ्ग्रेजी महिना जुलाई लागेयता सङ्क्रमितको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ । सो महिनामा मात्र ३९७ जनामा डेङ्गी पुष्टि भएको थियो । अगष्ट लागेपछि २१९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । अधिकांश डेङ्गी सङ्क्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेका उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकामा ३५९ र पोखरा महानगरपालिकामा २१३ जनामा सङ्क्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गी सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको बताउनुभयो । समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गी सङ्क्रमण थप बढ्ने उहाँको भनाइ छ ।

डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उहाँले बताउनुभयो । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उत्तम उपाय भएका चिकित्सक बताउँछन् ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ । असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ ।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले लामो बाहुला भएको लुगा लगाउने, काम नपररी बाहिर नजानेलगायत उपाय अपनाउन सकिने प्रमुख शर्माले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने भएकाले आवश्यक सचेतना अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार