श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

दाङको धारापानी मन्दिरमा १ करोड दिप प्रज्वलन हुने

भक्तजनहरूले आफ्नो इच्छाअनुसार दीप प्रज्वलनमा सहभागी हुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ ।  घोराही उपमहानगरपालिका–५ धारापानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको शिवपुराण तथा श्रृङ्गारिक महाआरती सत्संग समापनको अन्तिम दिन साउन ३१ गते एक करोड दीप प्रज्वलन गरिने भएको छ।

धार्मिक आस्था, शान्ति, समृद्धि तथा विश्वकल्याणको कामनासहित आयोजना गरिएको उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारका अनुसार भक्तजनहरूले आफ्नो इच्छाअनुसार दीप प्रज्वलनमा सहभागी हुन सक्नेछन् ।

२५ हजार दीपसम्मका लागि स्वैच्छिक भेटीको व्यवस्था गरिएको छ भने २५ हजारदेखि ५० हजार दीपसम्मका लागि एक हजार ५० रुपैयाँ, ५० हजारदेखि एक लाख दीपसम्मका लागि दुई हजार एक सय ५० रुपैयाँ, एक लाखदेखि दुई लाख दीपसम्मका लागि तीन हजार एक सय ५० रुपैयाँ तथा सोभन्दा माथिका विभिन्न श्रेणीका दीप प्रज्वलनका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।

धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित पाण्डवेश्वर महादेव मन्दिरमा  एक महिने श्रीगारिक महा आरती सञ्चालन भइरहेको छ। मन्दिर व्यवस्थापन समितिले  एक पटक मन्दिरको अवलोकन गर्न   सम्पूर्ण भक्तजनमा आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया