श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले फैशला गर्दै आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ ।

गैरकानुनी थुनामा राखिएको भन्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्् ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो ।

उता सम्पादक श्रेष्ठलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया