श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन

विशेषज्ञ चिकित्सकसहित ६ पदमा जनशक्ति माग, यस्तो छ आवेदन प्रक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विभागमा आवश्यक जनशक्ति करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक तथा लेक्चरर तहका पदमा योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो।

प्रतिष्ठानले सार्वजनिक गरेको सूचना अनुसार कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी, प्याथोलोजी, एनेस्थेसिया तथा मेडिकल सर्जिकल नर्सिङ विभागका लागि कुल ६ पदमा जनशक्ति छनोट गरिनेछ।

जसअनुसार कार्डियोथोरासिक तथा भास्कुलर सर्जरीतर्फ १ जना, प्याथोलोजीतर्फ २ जना, एनेस्थेसियातर्फ २ जना र मेडिकल सर्जिकल नर्सिङतर्फ १ जना आवश्यक रहेको छ।

सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्। उम्मेदवारले आफूले आवेदन दिने पदअनुसार तोकिएको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ।

सूचना अनुसार प्राध्यापक तथा सहप्राध्यापक पदका लागि ७० वर्ष ननाघेको तथा सहायक प्राध्यापक र लेक्चरर पदका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।

प्राध्यापक तथा सहप्राध्यापक पदका लागि १ हजार ५०० रुपैयाँ र सहायक प्राध्यापक तथा लेक्चरर पदका लागि १ हजार २०० रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ। दस्तुर लक्ष्मी सनराइज बैंक, जनकपुरधामस्थित शाखामार्फत प्रतिष्ठानको खातामा जम्मा गरी सोको भौचर आवेदनसँग संलग्न गर्नुपर्नेछ।

प्रतिष्ठानले दरखास्त फाराम आफ्नो वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातसहित कार्यालयमा बुझाउन सकिने जनाएको छ। आवेदनसँगै शैक्षिक प्रमाणपत्र, सम्बन्धित विषयमा विशेषज्ञता तथा परिषद्मा दर्ता भएको प्रमाणलगायतका कागजात पेस गर्नुपर्नेछ।

आवेदन बुझाउने अन्तिम म्याद २०८३ साल भदौ १२ गते तोकिएको छ। सार्वजनिक बिदाका कारण सो दिन कार्यालय बन्द भएमा कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ।

छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने प्रतिष्ठानले जनाएको छ। अन्तर्वार्ताको मिति तथा समयबारे आवश्यक जानकारी प्रतिष्ठानले पछि प्रकाशित गर्नेछ।

दरखास्त फाराम प्रतिष्ठानको वेबसाइटबाट डाउनलोड गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम–१४, मुजेलिया, धनुषास्थित कार्यालयमा बुझाउन सकिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार