श्रावण ३१, २०८३ आइतबार August 16, 2026

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द

प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नारायणगढ (चितवन), ३१ साउनः बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।

प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो । प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनुभयो । उहाँका अनुसार प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द गर्नुपरेको हो ।

प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो । यहाँ दैनिक एक सयभन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको सूचना अधिकारी डोवालले बताउनुभयो । अन्य स्थानको तुलनामा सस्तो र विश्वसनीय सेवा पाइने भएकाले सेवाग्राहीको आकर्षण रहेको उहाँको भनाइ छ ।

“यहाँ आउने बिरामीले सेवा सस्तो र विश्वासिलो भएको बताउनुहुन्छ । अहिले सेवा बन्द हुँदा बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “प्रयोगशालाका सामग्री क्रमशः सकिँदै जाँदा केही सेवाहरू बन्द हुँदै आएका थिए । तर तीनचार दिनदेखि सबै सामग्री सकिएपछि सम्पूर्ण सेवा बन्द गर्नुपर्ने अवस्था आएको हो ।”

बागमती प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले २०८० असार १६ गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ सञ्चालनमा ल्याउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार