भाद्र ३, २०८३ बुधबार August 19, 2026

१५ शय्याको गोकुलेश्वर अस्पतालमा जनशक्ति अभाव, प्रादेशिक अस्पताल बनाउने योजना अझै अधुरो

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खलङ्गा (दार्चुला), भदौ २ गते  । ​दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेमा रहेको गोकुलेश्वर अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारमातहतको प्रादेशिक अस्पताल बनाउन ढिलाइ भएको छ ।  प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा नै यो अस्पताललाई प्रादेशिक अस्पताल बनाउने उल्लेख गरेको थियो तर यो कार्यक्रममा ढिलाइ हुँदा यहाँका नागरिकलाई सामान्य किसिमको उपचारमा पनि रेफर हुनुपर्ने बाध्यता रहँदै आएको छ । यो अस्पतालले सुदूर पहाडका दार्चुला, बैतडी र बझाङका हजारौँ नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सरकारले गोकुलेश्वर अस्पतालसँगै डडेलधुराको जोगबुढा अस्पताल, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई पनि प्रदेशस्तरीय अस्पताल बनाउने नीति लिएको थियो । हाल डडेलधुराको जोगबुढा अस्पताल र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ ।

गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरेर तत्काल सञ्चालन गर्नुपर्ने बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीय जयानन्द जोशी (जयराज) ले बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई भेटेर गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न माग गरेको पनि बताउनुभयो । दुर्गम पहाडी क्षेत्रका सर्वसाधारणले चालु आव २०८३/८४ भित्रै गोकुलेश्वर अस्पतालबाट सेवा प्राप्त गर्ने गरेर अस्पताल सञ्चालनका लागि मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री भट्टले सबैसँग सल्लाह गरी अस्पताल सञ्चालनको तयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोकुलेश्वर अस्पताललाई अहिले शैल्यशिखर नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकामातहतमा रहेको अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको अस्पतालका सिनियर अहेव माधवप्रसाद लेखकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो । बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट नवौँ तहको दरबन्दी रहेको भए पनि स्थापनादेखि नै ती पद रिक्त छन् । अस्पतालमा आठौँ तहका डाक्टर दुई जना, एचए पाँच जना स्टाफ नर्सलगायतको दरबन्दी छ । अहिले आठौँ तहका दुई जना डाक्टर करारमा कार्यरत छन् । अस्पतालसँग पर्याप्त भौतिक पूर्वाधार नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सञ्चालनमा रहेको छ ।

पाँच शøयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ शøयामा पु¥याइएको भए पनि सञ्चालनमा निकै समस्या रहेको शैल्यशिखर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिवदत्त जोशीले जानकारी दिनुभयो । वार्षिक १० हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको अस्पताललाई प्रादेशिक अस्पताल बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाको स्रोतले मात्रै अस्पताल सञ्चानल गर्न समस्या भइरहेको छ । नागरिकलाई थप स्वास्थ्यसेवा प्रदान गर्न प्रदेश सरकारले सञ्चालन गर्नु पर्छ ।”

अस्पतालले हाल एक्सरे, अल्ट्रासाउन्ड, प्रसूति सेवालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । महाकाली राजमार्गसँग जोडिएको गोकुलेश्वरबाट जिल्ला अस्पतालसम्म पुग्न तीन घण्टा लाग्छ । यहाँ उपचार सम्भव नभएका बिरामी डडेलधुरा अस्पताल वा धनगढी रेफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार