श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गाउँपालिका अध्यक्ष बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न काँग्रेसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली कांग्रेसले बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ ।

गाउँपालिका केन्द्रको विषयमा भएको विवादमा अध्यक्ष बिष्टमाथि बुधबार ढुंगा प्रहार भएको बिषयमा कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा ‘गाउँपालिकाको मुकामको सामान्य बिषयलाई लिएर जनप्रतिनिधिमाथि गरेको कुटपिटको यो घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न कांग्रेस सरकारसँग माग गर्दछ ।’ भनिएको छ ।

अध्यक्ष बिष्टको टाउकोमा चोट लागेको थियो । गाउँपालिकामा लगाएको ताला खोल्न गएका बेला अध्यक्ष बिष्टमाथि ढुंगा प्रहार भएको थियो । गाउँपालिका केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीय बासिन्दाले गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

यस घटनामा अध्यक्ष बिष्टसहित ५ जना प्रहरी पनि घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार