भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

पर्यटन व्यवसायलाई दीर्घकालीन, प्रभावकारी र बृहत्तर बनाउनुपर्नेमा सरोकारवाला निकायको धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ भदौः सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा  होटल एसोसिएसन नेपाल (हान)लगायतका सरोकारवाला निकायले पर्यटन व्यवसायलाई दीर्घकालीन, प्रभावकारी र बृहत्तर बनाउनुपर्नेमा धारणा राख्नुभएको थियो ।

सरोकारवालाले अबको पर्यटन ग्रीन, आरोग्य, धार्मिक, वैवाहिक पर्यटनलगायत विभिन्न नवीन शैलीका पर्यटनलाई समेट्न जोड दिएका छन् ।

होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘पर्यटन विधेयक २०८१’ को मस्यौदाले क्यासिनो विस्तारमा मात्रै जोड दिएको बताउनुभयो ।

उहाँले विधेयकमा रहेको चारतारे र पाँचतारे होटल सङ्घले हेर्ने र होटेलले क्यासिनो सञ्चालन गरेबापत १० प्रतिशत शेयर लिनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने बताउनुभयो ।

समितिका सभापति सुिम्नमा उदासले पर्यटन क्षेत्र देशको गौरव, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार र अर्थतन्त्रको महत्वपूर्ण आधार रहेकाले विधेयक संशोधनमा गम्भीर भई सरोकारवालासँगको राय सुझाव सङ्कलन आवश्यक हुने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया