भाद्र ६, २०८३ शनिबार August 22, 2026

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

आजको खेल अपराह्न २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ भदौः नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो ।

खेल आज अपराह्न २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो ।

लिग चरण पार गर्ने लक्ष्य

यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ । सोही कारण नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीका केही महत्त्वपूर्ण खेलाडीलाई अष्ट्रेलिया पठाएको छ ।

क्यानले कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, गुलशनकुमार झाजस्ता सिनियर टोलीका लागि पटकपटक खेलिसकेका खेलाडी ‘ए’ टोलीमा समावेश छन् । उनीहरूमध्ये अधिकांश खेलाडीले गत संस्करणको टप एन्ड टी–२० सिरिज पनि खेलेका थिए ।

एनटी स्ट्राइकविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । गत सिजनमा भएको त्यस खेलमा एनटी स्ट्राइकविरुद्ध नेपाल ४२ रनले पराजित भएको थियो । यसपालि नेपाल ‘ए’ सामु त्यो प्रदर्शनमा सुधार गर्ने मौका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार