भाद्र ७, २०८३ आइतबार August 23, 2026

विश्व सम्पदा पशुपति क्षेत्रमा निरन्तर सात हप्ता सफाइ

सफाइमा तीनवटै सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा सातौँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप असार अन्तिम सातादेखि सफाइ सुरु गरेको थियो ।

विगत सात हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । साउनको सोमबार सकिए पनि सफाइ अभियानलाई निरन्तरता दिइने कोषले जनाएको छ । सफाइको सातौँ हप्ता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीयवासी एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए ।

सातौँ हप्ताको आजको सफाइका क्रममा नेपाल वेद विद्याश्रम क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि कोषले यहीँ सफाइ गरेको थियो । तुलनात्मक रूपमा यस क्षेत्रमा बढी फोहर जम्मा भएकाले यहाँ दोहोर्‍याएर सफाइ गरिएको हो । सफाइमा कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत सञ्चालक परिषद् सदस्यहरू र कर्मचारीको पनि सहभागिता थियो ।

यसैगरी नेपाल वेद विद्याश्रमका शिक्षक, कर्मचारी र विद्यार्थीको पनि सक्रियता रहेको उनले बताइन् । सफाइमा तीनवटै सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी भएको जनाइएको छ । प्रहरी पहरा गणलगायत सुरक्षा निकायको पनि सफाइमा सहभागिता रहेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्न चेतना जगाउने उद्देश्यले सफाइ अभियान सुरु गरिएको हो ।

चान्द्रमास अनुसार भने साउन १८ गतेको सोमबार पहिलो थियो । चान्द्रमास अनुसार साउन २५ गते दोस्रो सोमबार र भदौ १ गतेको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको लामो लाम थियो । अब एउटा सोमबार अर्थात् भदौ ८ गते पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने भएकाले त्यसै अनुसार तयारी गरिएको कोषले जनाएको छ । कतिपय भक्तजनले भने चान्द्रमास अनुसार साउन लागेपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहेको बताएका छन् ।

यस वर्ष असार अन्तिम साता अस्त भएको बृहस्पति साउन २६ गते उदय भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैले चान्द्रमास अनुसारका बाँकी एउटा सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने भएकाले त्यसै अनुसार तयारी स्वरूप सफाइलाई निरतर गरिएको जनाइएको छ ।

साउनको चान्द्रमास अनुसार श्रावण महिनाको शनिबार आज पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो थियो । शनिबारको सार्वजनिक बिदाका दिन अन्य दिन जान नसक्ने भक्तजनको लाम पशुपतिनाथमा लागेको हो । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको बार भएकाले पनि साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा पर्ने भएकाले शनिबार र आइतबार पनि पशुपतिनाथमा धेरै भक्तजनको लाम लाग्ने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले विभिन्न सडक अवरुद्ध
२०८३ भाद्र ७, आइतबार
नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने
२०८३ भाद्र ७, आइतबार
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
२०८३ भाद्र ७, आइतबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ७, आइतबार
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
२०८३ भाद्र ७, आइतबार
आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान
२०८३ भाद्र ७, आइतबार
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
२०८३ भाद्र ७, आइतबार