कार्तिक २८, २०८३ शनिबार November 14, 2026

आज आइतबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल

मेषलाई आज भाग्यको साथ रहने दिन भएकाले रोकिएका कार्यहरू अघि बढ्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने सम्भावना प्रबल छ । भाग्यको साथ रहने दिन भएकाले रोकिएका कार्यहरू अघि बढ्न सक्छन् । पितासँग सम्बन्ध सुधार हुने सम्भावना छ । अध्ययन तथा प्रतियोगिता क्षेत्रका लागि लाभदायक समय छ ।

वृष : स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुनसक्छ । मानसिक तनाव तथा अप्रत्याशित खर्चले दिनलाई केही कठिन बनाउन सक्छ । गोप्य विषयमा रुचि बढ्न सक्छ, तर जोखिमपूर्ण कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।

मिथुन : साझेदार वा जीवनसाथीसँग विचार-विमर्श आवश्यक हुनसक्छ । सम्बन्धमा पारदर्शिता जरुरी छ । व्यापारिक साझेदारीमा चनाखो रहनु उपयुक्त हुनेछ । सामाजिक सञ्जालमा सकारात्मक चर्चा हुनसक्छ ।

कर्कट : प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन हो । स्वास्थ्यमा सुधार आउने संकेत छ । ऋण–समस्या समाधानतर्फ जानसक्छ । व्यावसायिक क्षेत्रमा मेहनतअनुसार फल प्राप्त हुनेछ । न्यायिक मामिलामा प्रगति देखिने योग छ ।

सिंह : सन्तानसुख तथा अध्ययनमा मध्यम फलदायी दिन छ । प्रेमसम्बन्धमा मिश्रित अनुभव हुनसक्छ । सिर्जनात्मक कार्यमा लगाव बढ्नेछ । मनोरञ्जन वा कला क्षेत्रमा समय बिताउन सकिने सम्भावना छ ।

कन्या : गृहसुखमा कमीको अनुभव हुनसक्छ । माताको स्वास्थ्यमा चासो दिनुपर्ने देखिन्छ । भावनात्मक उतार–चढाव रहने भएकाले संयम जरुरी छ । सम्पत्ति वा सवारीसाधनसम्बन्धी निर्णयमा धैर्यता अपनाउनु राम्रो हुनेछ ।

तुला : साहस, आत्मविश्वास र संचार क्षमता उच्च रहनेछ । भाइबहिनीसँग सम्बन्ध प्रगाढ बन्नेछ । नयाँ कार्य सुरु गर्न अनुकूल समय छ । सृजनशीलता र व्यक्तित्व अभिव्यक्तिमा सफल हुन सकिने दिन हो ।

वृश्चिक : वाणी मधुर बनाउनुपर्ने आवश्यकता रहन्छ । परिवारमा सामान्य खटपट हुनसक्छ । आर्थिक विषयमा विचारपूर्वक निर्णय गर्नु उपयुक्त हुनेछ । खानपानमा ध्यान दिनुहोस् । पारिवारिक मूल्यमा ध्यान दिनुपर्ने समय छ ।

धनु : स्वास्थ्य, उत्साह र आत्मबलमा वृद्धि हुनेछ । व्यक्तित्वमा तेज र आकर्षण देखिनेछ । नेतृत्व क्षमता प्रस्फुटन हुनेछ । नयाँ योजना प्रारम्भ गर्न सकिने समय छ । मूल नक्षत्रको प्रभावले परिवर्तनशीलता देखिन सक्ने भएकाले अति उत्साहमा नियन्त्रण गर्नु उचित छ ।

मकर : विदेशसम्बन्धी कार्यमा सफलता मिल्न सक्छ । तर आर्थिक पक्ष कमजोर हुनसक्ने संकेत छन् । निद्रा कम हुने वा मानसिक चञ्चलता बढ्ने सम्भावना छ । खर्चमा नियन्त्रण आवश्यक । शारीरिक थकान रहन सक्छ ।

कुम्भ : लाभका मार्ग खुल्ने दिन हो । आकांक्षा पूरा हुने संकेत छ । सामाजिक र व्यावसायिक सञ्जाल विस्तार हुने सम्भावना छ । मित्र वा सहकर्मीको सहयोग प्राप्त हुनेछ । कुनै विशेष योजना सफल हुनसक्छ ।

मीन : पेसा-व्यवसायमा सम्मान र सफलताको सम्भावना छ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट वा सहकार्य हुनसक्छ । निर्णयशक्ति बलियो रहनेछ । पिताको मार्गदर्शन लाभदायी हुनेछ । कामको भार बढ्न सक्ने देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार