भाद्र ११, २०८३ बिहिबार August 27, 2026

नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी

घाइते भएकाहरुको उद्धारसँगै उपचारलाई पनि तीव्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० भदौः नेपाली सेनाले रसुवाको भोटेकोशीमा बाढी आउँदा घाइते भएकाहरुको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको जनाएको छ ।

सेनाका अनुसार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सकसहित आठ चिकित्सक, एक सर्जन र एक अर्थोपेडिसियनसहित २६ जनाको स्वास्थ्यकर्मी टोलीले नुवाकोटस्थित त्रिशूलीमा खटिई घाइतेको उपचार जारी राखेको छ ।

उक्त स्वास्थ्यकर्मीको टोलीले हालसम्म ६५ जनाको उपचार गरिसकेको जनाएको छ । जसमध्ये छ जनाको मृत्यु भइसकेको छ भने तीन जना जटिल घाइतेलाई प्राथमिकता उपचारपछि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । साथै एक जना घाइतेको हाल सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले घाइतेको उपचारका लागि ‘पोर्टेबल फिल्ड हस्पिटल’ भीष्म क्युबलाई सडकमार्गबाट त्रिशूली पु¥याएको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार