भाद्र ११, २०८३ बिहिबार August 27, 2026

टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित

नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ ।

जितका लागि पछ्याएको १९८ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । नेपालको सुरुआत निराशाजनक रह्यो । मयन यादव एक रन नबनाइकन आउट भए । त्यसपछि पनि नेपालले नियमित विकेट गुमाउँदै गयो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ४६ बल खेल्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै लोकेश बमले २३ बलमा ३८ रन बनाए भने राशिद खानले ११, नारायण जोशीले १२ तथा बिपिन खत्रीले १० रन बनाए ।

बलिङतर्फ हैदराबादका लागि स्कट कुगेलेइन र उसामा मिरले तीन तीन विकेट लिए भने अलि शेखले दुई विकेट हात पारे । त्यसअघि डर्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो ।

हैदराबादका लागि शेहान जयसूर्याले ४४ बलमा चार चौका र पाँच छक्कासहित ६७ रनको योगदान दिए । यस्तै हम्माद आजमले ११ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए । मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका नारायण जोशीले दुई तथा राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले एक एक विकेट लिए । यससँगै पाँच खेल खेलको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४ विकेटले पराजित गरेको थियो भने सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो ।

त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार