भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व

हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङ्कुमटारमा पुगेपछि घर परिवार र आफन्त भेटघाट तथा नाचगान गरेर रमाइलो गर्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, १२ भदौ : ओखलढुङ्गाका वाम्बूले राई समुदायले आफ्नो मौलिक पर्व ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन् ।

जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु भई आजसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई बस्तीमा देखिएको थियो । विशेष गरी वाम्बूले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सालगायत ठाउँमा यो चाड धुमधामका साथ मनाउने गरिन्छ । वर्षेबाली पाकिसकेपछि पहिला प्रकृति र पितृलाई चढाउनुपर्छ भन्ने मान्यताअनुसार कूल देवता लिब्जू उपोको सामाथानमा विशेष पूजाआजा गर्ने ढ्वाङकुममा चलन रहेको वाम्बूले राई समुदायका शिशी नाक्सो भक्तराज राईले बताउनुभयो ।

यो समुदायले शिशी, सिकारी, बुलु र ढ्वाङकुर्मो नाक्सोमार्फत प्रकृति र पितृलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायत वस्तु चढाउने गर्छन् । हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङ्कुमटारमा पुगेपछि घर परिवार र आफन्त भेटघाट तथा नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । ढ्वाङकुम चाडमा खानपान र भेटघाटसँगै मौलिक ढङ्गको रमाइलो हुने गरेको स्थानीय परान राईले जानकारी दिनुभयो ।

ढ्वाङकुम चाडकै अवसरमा यसवर्ष तीनदिने ढ्वाङकुम महोत्सवसमेत आयोजना गरिएको छ । ढ्वाङकुम चाडलाई अझ बृहत र आकर्षक बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष कल्याण राईले जानकारी दिनुभयो  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार