भाद्र १३, २०८३ शनिबार August 29, 2026

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवनमा ४५, नवलपरासी (पूर्व) मा ७, नवलपरासी (पश्चिम) र गोरखामा १० सकृय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १३ भदौः भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्‍याइरहेका उहाँले जानकारी दिनुभयो ।

टाढा पुर्‍याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताउनुभयो । उहाँका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व) मा सात, नवलपरासी (पश्चिम) मा १०, गोरखामा १०, धादिङमा १५, नुवाकोटमा छ, कपिलवस्तुमा पाँच, रुपन्देहीमा पाँच वटा एम्बुलेन्स घाइतेको उद्धार तथा शव व्यवस्थापनमा परिचालन भएका उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा अस्पतालबाट पशुपति र वरपरका घरसम्म शव निःशुल्क लगिएको छ । यसैबीच, बाढीमा परेर नुवाकोटमा तीन वटा एम्बुलेन्स बगाएको र एउटा पुरिएका अवस्थामा फेला परेको छ । रसुवाका पाँच वटा एम्बुलेन्स रहेकामा हालसम्म कोही पनि सम्पर्कमा नआएका उहाँले बताउनुभयो । अध्यक्ष लामिछानेले भन्नुभयो, “एम्बुलेन्स चालक रातदिन शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिनुभएको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदीको निगरानी तीव्र
२०८३ भाद्र १३, शनिबार
पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीको शोकबीच सांस्कृतिक रूपमा मनाइयो गाईजात्रा
२०८३ भाद्र १३, शनिबार
नेकपा संयोजक प्रचण्ड र वरिष्ठ नेता झलनाथबीच डेढ घण्टा वान टु वान
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
२०८३ भाद्र १३, शनिबार
त्रिवि र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार
रसुवाको त्रिशूली थ्रीए र तुप्चे टावरबाट टेलिकम सेवा पुनः सञ्चालन
२०८३ भाद्र १३, शनिबार