भाद्र १३, २०८३ शनिबार August 29, 2026

भोटेकोशी बाढीको शोकबीच सांस्कृतिक रूपमा मनाइयो गाईजात्रा

भोटेकोशी बाढीको पीडाबीच गाईजात्रा, हास्यव्यङ्ग्य कार्यक्रम स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवंगत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागीश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि सुरु भएको हो ।

एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर  दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साज सज्जाका साथ गाईको भेषमा बालबालिकाको र्‍याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको दायाँ बायाँ हजारौँ नरनारी भेला भएका थिए ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगर परिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू”, भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ ।  यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित हुने गरेको छ । यस वर्ष भने भोटेकोशी बाढीका कारण धेरैको निधन भएकाले हास्य व्यङ्ग्यात्मक कार्यक्रम नगरी सांस्कृतिक रूपमा मात्र यो पर्व मनाइएको छ ।

यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरिएकामा यो वर्ष भने शनिवारको सार्वजनिक बिदाकै दिन गाईजात्रा परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार
‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’ : अध्यक्ष साम्पाङ
२०८३ भाद्र १३, शनिबार
बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन पूर्वप्रधानमन्त्री नेपालको आग्रह
२०८३ भाद्र १३, शनिबार
शिक्षक हत्या गरेको आरोपमा ११ जना प्रहरी नियन्त्रणमा
२०८३ भाद्र १३, शनिबार
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदीको निगरानी तीव्र
२०८३ भाद्र १३, शनिबार
पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीको शोकबीच सांस्कृतिक रूपमा मनाइयो गाईजात्रा
२०८३ भाद्र १३, शनिबार