असार ३०, २०८२ सोमबार July 14, 2025

नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं: नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी ‘सीईओ’ अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताएका छन्।

गत बुधबार आफूले स्वाद गन्धहरु पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर पनि आफूलाई आशंका लागेका कारण आइसोलेसनमै बसेको उनले जनाएका छन्। शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

‘तपाईंहरुको शुभेच्छा र प्रार्थनाबाट छिट्टै कोरोना परीक्षण नेगेटिभ आउने आशा गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया