भाद्र १६, २०८३ मंगलबार September 1, 2026

एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ भदौः तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।

नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउँछन् ।

उहाँले भन्नुभयो, “एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली राम्रो छन् । हामीले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन । नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेमा म आशावादी छ ।”

नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावितको उद्धारमा सबै स्रोत–साधन परिचालन गर्न सरकारलाई अध्यक्ष दाहालको आग्रह
२०८३ भाद्र १६, मंगलबार
युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते
२०८३ भाद्र १६, मंगलबार
पत्रकार थापाविरुद्ध फौजदारी कारबाही प्रक्रिया अघि बढाइएको भन्दै महासंघको आपत्ति
२०८३ भाद्र १६, मंगलबार
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ५६ जनाको शव फेला
२०८३ भाद्र १६, मंगलबार
नेप्से परिसुचक सामान्य अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९० करोडमा सीमित
२०८३ भाद्र १६, मंगलबार
तातोपानी नाका अनिश्चितकालका लागि बन्द
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठक सिंहदरबारमा सुरु
२०८३ भाद्र १६, मंगलबार