कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मल्लकालीन भैरव नाच सुरु

भैलः नाच गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, १५ भदौः मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात् भैलः नाच सुरु भएको छ । तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर आइतबार रातिदेखि भैरव नाच सुरु भएको हो ।

यही भदौ १७ गतेसम्म प्रदर्शन हुने ऐतिहासिक तथा आनुष्ठानिक ‘परम्परागत थिमि भैलः अर्थात् भैरव नाच धार्मिक मान्यताअनुसार महत्वपूर्ण मानिँदै आएको छ । श्री गणेश सांस्कृतिक समाज (कुम्हाननी, तुलंननी, मध्यपुरथिमि–५) को आयोजनामा सुरु भएको भैलः नाच गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने परम्परा छ ।

तान्त्रिक विधिबाट मुकुन्डोमा प्राणप्रतिष्ठापन गरी त्यसलाई धारण गरेर परम्परागत पोशाक लगाएर दैवी शक्तिको आह्वान गरी नचाइने यस नाचलाई विसं १९९७ देखि प्रजापति समुदायले संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै आएको नाचका गुरु गणेशमान प्रजापतिले जानकारी दिनुभयो ।

प्रजापति समुदायद्वारा निरन्तरता दिइँदै आएको यो नाच मल्लकालदेखि नै सुरु भएको मानिँदै आएको छ । १९९७ सालदेखि प्रजापति समुदायले यसलाई संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै इतिहासलाई जीवन्त बनाउने काम गरेको नाच हेर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

परम्परागत थिमि भैलः अर्थात् भैरव नाचमा कुल ३२ तालमध्ये हाल प्रचलित २७ ताल विशेष स्थानअनुसार बजाइन्छ । नाचका क्रममा बाजाको तालमा ‘भैलः खायगु’ (भैरव जाग्ने) र देवगणले चार घण्टासम्म उग्र रूपमा जाग्ने र नाच्ने गर्छन् ।

पाँच जना मुख्य देवगणका रूपमा रहने भैलः नाचमा न्हापा भैलः (चण्डिका/दिगु भैलः) को डरलाग्दो ठूलो मुकुन्डो र हातमा खड्ग बोकेका पहिलो भैरव, लिपा भैलः (बटुक भैरव) जो बालकुमारी मन्दिरमा भैरवको प्रतीकका रूपमा रहने दोस्रो भैरव, न्हापा दागी (कुमारी): रातो वस्त्र, रक्तवर्ण, डमरु बोकेको बालकुमारीका प्रतीक, लिपा दागी (महालक्ष्मी): महालक्ष्मीका प्रतीक र ज्यापुंगःचा (हरिसिद्धी): साना उमेरका बालक, जसले कपासको बियाँ (ज्यापू) ले छातीमा हानेर उग्र रूप लिएका भैरव र दागीलाई शान्त पार्ने गरी तान्त्रिक विधिअनुसार देवगण नाच्ने परम्परा छ ।

यस वर्ष विज्ञान प्रजापति (न्हापा भैलः), रिजन प्रजापति (लिपा भैलः), निराजन प्रजापति (न्हापा दागी), विमल प्रजापति (लिपा दागी) र विनिस प्रजापति (ज्यापुंगःचा) ले देवगणका रूपमा नाच प्रस्तुत गरेका छन् ।

यसअघि नाचका गुरुहरू तेजकुमार प्रजापति, मोहनकृष्ण प्रजापति, सन्तबहादुर प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, राजकाजी प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापतिले तान्त्रिक नाचको एक महिना प्रशिक्षण दिनुभएको थियो ।

नाच प्रदर्शनअघि यही भदौ १० र ११ गते ‘अखलेय् ल्हुय्केगु’ अर्थात् पूर्वअभ्यास गरी गाईजात्रा (सापारु) का दिन राति भैलःको अन्तिममा ‘साँज्या’ निकालिएको थियो ।

भैलः नाच मध्यपुरथिमिमा चार रातसम्म अर्थात् भदौ १७ गतेसम्म विधिवत् रूपमा नगरका विभिन्न डबली तथा टोलहरूमा प्रदर्शन गरिन्छ । तेस्रो दिन गरिने ‘बाँ पूजा’ का दिन भक्तजनलाई गुह्य पूजा कोठामा प्रवेश र पूजाको अनुमति प्रदान गरिन्छ भने पहिलो दिन भाज खाएर नाच प्रदर्शन गर्ने प्रचलन छ ।

प्राचीन कालमा नगरमा आउने भूतप्रेत, लाखे र पिशाचको भयबाट मुक्ति गर्न नगरवासीको रक्षा एवं शान्तिका लागि भैलः नाच सुरु भएको गुरु प्रजापति बताउनुहुन्छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार