मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पु-याएपछि अब धेरै नखेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिन लागेको सोमबार घोषणा गर्नुभएको छ । उहाँले अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पु-याएपछि अब धेरै नखेल्ने भनाइ सार्वजनिक हुँदै आएका थिए ।

फुटबलका सुपरस्टार ३९ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेख्नुभएको छ, “यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो।”
उहाँले भन्नुभयो, “म शपथ खाएर भन्छु कि मैले सधैँ सबैथोक दिएँ, केवल पछिल्ला वर्षहरूमा जब हामीले सबै जित्यौँ मात्र होइन । त्यसभन्दा अघि पनि । मैले सधैँ यो जर्सीका लागि लडें र सबै दिएँ।”

मेस्सीको कप्तानीमा उहाँले सन् २०२२ मा दोहामा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा जितेर अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउनुभएको थियो, तर उहाँको टोलीले सन् २०२६ को फाइनलमा इस्ट रदरफोर्ड, न्यू जर्सीमा स्पेनसँग १–० ले हार बेहोर्‍ यो।

अगस्टमा बुबा जर्जको मृत्युपछि मेस्सीले कुनै पनि प्रकारको फुटबल खेल्न ‘धेरै लामो समयसम्म’ जारी राख्नेबारे ‘गम्भीर शङ्का’ रहेको बताउनुभएको थियो ।

मेजर लिग सकर क्लब इन्टर मियामीसँगको मेस्सीको करार सन् २०२८ को सिजनको अन्त्यसम्म चल्छ ।

उहाँले अर्जेन्टिनाका लागि २०७ खेल खेलिसक्नुभएको छ र अर्जेन्टिनाका लागि १२५ गोल गरेर अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि बन्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार