भाद्र १६, २०८३ मंगलबार September 1, 2026

एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित

प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ दुई–दुई गरी कुल चार टोलीले सहभागिता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाश बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को तेस्रो संस्करण स्थगित गरिएको छ ।

एभरेस्ट महिला भलिबल लिगले मङ्गलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

भुटानमा आयोजना हुने काभा बिच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई आज एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । प्रतियोगिता भदौ १७ देखि २१ गतेसम्म भुटानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ दुई–दुई गरी कुल चार टोलीले सहभागिता जनाउनेछन् । महिला स्पर्धातर्फ सुनिता राई–भावना डाँगी तथा कोपिला राना–कमला पुनको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यस्तै, पुरुष स्पर्धातर्फ झमनसिंह दर्जी–सरण कार्की तथा राजकुमार निरौला–महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन् ।  नेपाली टोली भदौ १७ गते भुटान प्रस्थान गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
२०८३ भाद्र १६, मंगलबार
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार