श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नवरात्रीमा ब्रत बस्नेहरुले भूलेर पनि नगर्नुहोस् यी काम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यस बर्ष २०७७ को नवरात्री कार्तिक १ यगते शनिबारबाट शुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्छ ।

यस्तो छ नवरात्रका आठ नियमहरुः

१. नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । नवरात्रका बेला आफ्नो खानामा प्याज, लसुन र माछा–माछु समावेश नगर्नुहोस् ।

२. नवरात्रिको ब्रत राख्दा खानामा सिरे नुनको प्रयोग गर्नुपर्छ ।

३. ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउन वर्जित छ । यतिबेला सिलाई कटाईको काम गर्न पनि मनाहि छ जसमा तिखो वस्तुको प्रयोग हुन्छ ।

४. सम्भव छ भने नवरात्रका बेला ब्रत राख्दा मानिसहरुले बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्यागजस्ता छालाका वस्तुको प्रयोग गर्नु हुँदैन । मन्दिर प्रवेश गर्दा पनि पहिला यी सबै कुरा बाहिर राखेर जानुपर्छ ।

५. यदि तपाईं नवरात्रिमा कलश स्थापना गरिरहनुभएको छ, अखण्ड बत्ति बालिरहनुभएको छ भने यतिबेला घर खाली नछोड्नुहोस् । पूजा कोठालाई फोहोर नपार्नुहोस् । बत्ती नबाली कहिले पनि कुनै पनि शक्तिको पूजा हुन सक्दैन ।

६. नवरात्रका बेला मांसाहार, मदिराजन्य वस्तुबाट टाढा रहनुपर्छ । ब्रतमा शारीरिक र मानसिक दुबै प्रकारको संयम आवश्यकता छ ।

७. विष्णु पुराणका अनुसार नवरात्रिको समयमा दिउँसो सुत्नबाट बच्नुपर्छ । मनमा कपट राख्न वा कुनै पनि अपशब्द भन्नबाट पनि जोगिनुपर्छ ।

८. नवरात्रिका बेला नङ काट्न पनि मनाहि छ त्यसैले नवरात्र सुरु हुनु अघि नै नङ काट्नुपर्छ । नवरात्रिमा ९ दिन ब्रत राख्नेहरुले दाह्री–जुङ्गा र कपाल काट्नुहुँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार