भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै

अस्ट्रेलियाविरूद्ध पहिले बलिङमा नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ भदौः अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । अष्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा टस जितेर दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’विरुद्ध ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालले प्रमुख ब्याटर कुशल भूर्तेललाई आराम दिएको छ । उनको स्थानमा राशिद खानले खेलिरहेका छन् । दक्षिण अष्ट्रेलियाले १५ ओभरको खल सकिँदा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । बलिङतर्फ नेपाल ‘ए’ का राशिद खान र नारायण जोशीले एक एक विकेट लिएका छन् ।

एकदिवसीय शङ्खलामा नेपाल ‘ए’ पहिलो जितको खोजीमा छ । नेपाल ‘ए’ले पहिलो खेलमा अष्ट्रेलियन घरेलु टोली तास्मिनियाविरुद्ध एक विकेटको हार व्यहोरेको थियो । नेपाल ‘ए’ले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार