काठमाडौँ, १९ भदौ : रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको छ ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको जानकारी दिनुभयो । यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ ।
उपचार भएकामध्ये दुई जनाको आईसियु र दुईजनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताउनुभयो । यस्तै, अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया