काठमाडौँ, २० भदौः जनता समाजवादी पार्टी नेपालका नेता एवं राष्ट्रियसभाका सांसद महन्थ ठाकुरको मुटुमा पेसमेकर परिवर्तन गर्ने शल्यक्रिया सफल भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार बाँसबारीस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रमा ठाकुरको शल्यक्रिया गरिएको हो ।
नेता ठाकुरलाई स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष यादवसहितका नेताहरू अस्पताल पुग्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया