भाद्र २०, २०८३ शनिबार September 5, 2026

बेपत्ताको खोजीमा कुनै कसर बाँकी राख्ने छैनौंः सांसद ढकाल

सबै पक्षलाई मानवीय भावनाका साथ उद्धार तथा खोजी कार्यमा सहयोग गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले बाढी प्रभावित क्षेत्रमा अझै पनि उद्धार कार्य जारी रहेको भन्दै हराइरहेका व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अझै पनि आशा बाँकी रहेको उल्लेख गर्दै सबै पक्षलाई मानवीय भावनाका साथ उद्धार तथा खोजी कार्यमा सहयोग गर्न आह्वान गरेका हुन् । ढकालले सम्भावित सबै क्षेत्रहरूमा खोजी कार्यलाई तीव्र बनाउनुपर्ने बताउँदै उनले लामो समयसम्म प्रभावकारी रूपमा काम गर्न पालैपालो खटिने व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले भावनात्मकभन्दा यथार्थपरक ढंगले काम गर्न सके अझ राम्रो नतिजा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले लेखेका छन्– एक्लै रातदिन १०-१२ दिन खट्न गाह्रो छ, तर पालैपालो गर्ने हो भने लामो समय खट्न सकिन्छ। भावनात्मक भन्दा बढी यथार्थपरक हुने हो भने अझै राम्रो नतिजा पनि आउन सक्छ।’

सांसद ढकालले आफूहरूले प्रभावित क्षेत्रमा सफल उद्धार कार्य सम्पन्न गरी रसुवादेखि नुवाकोटसम्मको अवस्थाको अवलोकन गरेको पनि उल्लेख गरेका छन् । साथै बाढीबाट क्षति पुगेका संरचना तथा पूर्वाधार पुनःनिर्माणका लागि आवश्यक सुधार योजनाको खाका समेत तयार पारिएको बताएका छन् ।

अगाडि उनले लेखेका छन्– सकेको सफल उद्धार गरेर रसुवाबाट नुवाकोट हुँदै त्यहाँ भएको तुहिन सुधारको खाका बनाएर आज दिउँसो काठमाडौँ फर्किएका छौँ। यस उद्धार कार्यमा हामी जहाँबाट जति सकिन्छ, भरपूर दिलो ज्यान दिएर लागेका छौँ लाग्ने छौँ ।’

ढकालले आफूहरू उद्धार तथा राहत कार्यमा जहाँबाट जति सकिन्छ, पूर्ण समर्पणका साथ जुटिरहेको र आगामी दिनमा पनि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाइबेरियामा खोप अनुसन्धान चिम्पान्जीको स्वास्थ्य जाँच
२०८३ भाद्र २०, शनिबार
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार