भाद्र २०, २०८३ शनिबार September 5, 2026

बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम

रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले सम्पर्क विशेष कमिटीले रसुवा बाढी घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शनिवार एमाले पार्टी कार्यालय, च्यासलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले रक्तदान गरेका छन् । प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्पर्क विशेष कमिटीले मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो मानविय तथा भौतिक क्षति पुर्‍याएको छ ।

बाढीमा परि ज्यान गुमाएका १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ भने पाँच हजार अझै सम्पर्कविहीन छन् । बाढीपछि घाईते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको छ भने अझै ३ सय १४ जना घाईते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाइबेरियामा खोप अनुसन्धान चिम्पान्जीको स्वास्थ्य जाँच
२०८३ भाद्र २०, शनिबार
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार