भाद्र २२, २०८३ सोमबार September 7, 2026

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ भदौः अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ । डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर ‘ब्याटिङ’ रोजेको छ ।

नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो ।

नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो । आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ ।

चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्डविरुद्ध पनि प्लेइङ–११ बाहिर छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
२०८३ भाद्र २२, सोमबार
राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व
२०८३ भाद्र २२, सोमबार
ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता निष्कर्षबिहिन, हिउँदमा पनि युद्ध जारी रहने
२०८३ भाद्र २२, सोमबार
बाढीपीडितको अधिकार सुनिश्चित गर्न मानवअधिकार एलाइन्सको अपिल
२०८३ भाद्र २२, सोमबार
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र २२, सोमबार
निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने
२०८३ भाद्र २२, सोमबार