भाद्र २१, २०८३ आइतबार September 6, 2026

रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

जिल्लामा स्वास्थ्य सेवा उपयोगको अवस्था स्थानीय तहअनुसार फरक फरक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिवेणी (रुकुम–पश्चिम), २१ भदौः रुकुम–पश्चिममा गत आर्थिक वर्ष २०८२/८३ मा चार लाख ३०४ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय रुकुमसहित पालिकामा रहेका पालिका अस्पतालबाट उक्त सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा स्वास्थ्य सेवा लिनेको सङ्ख्या पछिल्लो वर्ष केही घटेको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा चार लाख ३९ हजार २५८ जनाले स्वास्थ्य सेवा लिएकामा आर्थिक वर्ष २०८१/८२ मा चार लाख ४३ हजार ५९८ जनाले स्वास्थ्य सेवा लिएका थिए । आर्थिक वर्ष २०८२/८३ मा चार लाख ३०४ जनाले स्वास्थ्य सेवा लिएका स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा चौरजहारी नगरपालिकामा सबैभन्दा बढी एक लाख २१ हजार ४९४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने मुसिकोट नगरपालिकामा एक लाख चार हजार ५९० जनाले सेवा लिएका छन् । त्यस्तैै आठबिसकोट नगरपालिकामा ७२ हजार ३७०, सानीभेरी गाउँपालिकामा ३५ हजार ५६२, बाँफिकोट गाउँपालिकामा ३३ हजार २०३ र त्रिवेणी गाउँपालिकामा सवैभन्दा कम ३३ हजार ८५ जनाले स्वास्थ्य सेवा लिएका जनस्वास्थ्य अधिकृत पुनले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका थिए । तीन आर्थिक वर्षकै अवधिमा स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहबाट संचालनमा रहेका अस्पतालबाट १२ लाख ८३ हजार १६० जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा स्वास्थ्य सेवा उपयोगको अवस्था स्थानीय तहअनुसार फरक फरक रहेको छ । सबै स्थानीय तहमा प्रविधि र विशेषज्ञको अभावमा सेवा सेवा प्रवाह नहुँदा समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपीडितका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग
२०८३ भाद्र २१, आइतबार
भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने
२०८३ भाद्र २१, आइतबार
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
२०८३ भाद्र २१, आइतबार
एकदिवसीय शृङ्खला : न्युजिल्यान्ड ‘ए’ सँग नेपाल दुई विकेटले पराजित
२०८३ भाद्र २१, आइतबार
बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
२०८३ भाद्र २१, आइतबार
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार