भाद्र २३, २०८३ मंगलबार September 8, 2026

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहो¥याउने सोचमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ भदौः मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।

यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहो¥याउने सोचमा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया